विराटनगर । नेपाल पत्रकार महासँघ मोरङका पूर्व उपाध्यक्ष रामचन्द्र अधिकारीले जीव विज्ञान विषयमा विद्यावारिधिको उपाधि हासिल गरेका छन्।
डा. अधिकारीले ूनेपालमा अक्षांश ग्रेडियन्टमा रेसस बाँदरको पारिस्थितिक र व्यवहारिक अनुसन्धानू शीर्षकको अनुसन्धानमार्फत उक्त उपाधि प्राप्त गरेका हुन्। उनको अध्ययनले नेपालका विभिन्न उचाइ क्षेत्रमा पाइने रेसस बाँदरको पारिस्थितिक तथा व्यवहारिक पक्षको गहिरो विश्लेषण गरेको छ।
अनुसन्धानले उचाइअनुसार वातावरणीय परिवर्तनले बाँदरको बानी, आहार, समूह संरचना र बसोबासमा पार्ने प्रभावबारे महत्वपूर्ण तथ्यहरू उजागर गरेको बताइएको छ। यस अध्ययनले वन्यजन्तु संरक्षण, मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण तथा जैविक विविधता व्यवस्थापनमा उपयोगी योगदान पुर्याउने बताइएको छ।
डा। अधिकारीको यो उपलब्धिले शैक्षिक क्षेत्रमा मात्र नभई अनुसन्धान र संरक्षण क्षेत्रमा समेत नयाँ आयाम थप्ने विश्वास गरिएको छ। साथै, क्याम्पस र समग्र शैक्षिक समुदायका लागि पनि यो गौरवको विषय बनेको छ।
Post Views: 111