निजी मिडियाको विज्ञापन कटौती प्रति कोशीका आन्तरिक मामिला मन्त्री इन्द्रमणि पराजुलीको आपत्ति

निजी मिडियाको विज्ञापन कटौती प्रति कोशीका आन्तरिक मामिला मन्त्री इन्द्रमणि पराजुलीको आपत्ति

 राष्ट्रिय डेली

 

विराटनगर । संघीय सरकारले निजी मिडियालाई दिने विज्ञापन कटौती गरेको प्रति कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री इन्द्रमणि पराजुलीले आपत्ति जनाएका छन् । पत्रकारितामा आवद्ध महिला, अपाङ्गता भएका व्यक्ति, आदिवासी जनजाति तथा पिछडा वर्गसँग कोशी प्रदेशको पत्रकारिता क्षेत्रमा देखिएका समस्या र पत्रकार आचार संहिता विषयक अन्तरक्रिया कार्यक्रमको उद्‌घाटन समारोहमा उनले यस्तो बताएका हुन् ।

‘निजि मिडिया सञ्चालकलाई थप चुनौती थपिएको छ । तपाईँहरू एउटा अभियान र आन्दोलनमा हुनुहुन्छ’, मन्त्री पराजुलीले थपे, ‘सरकारले जुन खालको कदम चाल्न खोजिरहेको छ, यसले पत्रकारिता क्षेत्रको मात्र नभएर हामीले लडेर ल्याएको लोकतन्त्र र गणतन्त्रमाथि नै अंकुश लगाउन त खोजेको हैन रु आज सबैतिर यो विषय उठेको छ ।’

मन्त्री पराजुलीले केन्द्र सरकारबाट प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप गर्ने प्रयास भए पनि कोशी प्रदेश सरकार पत्रकारहरूको हकहित, सुरक्षा र पेशागत स्वतन्त्रताको पक्षमा रहेको उल्लेख गरे । कोशी प्रदेश सकार सँधै पत्रकारहरूको हकहितका पक्षमा रहेको उनले बताए ।

उनले छलफलबाट प्रदेश सरकारलाई सुझाव दिन आग्रह गर्दै ती सुझावलाई समेट्दै आगामी दिनमा प्रदेश सरकारले पत्रकारिता क्षेत्रमा थप काम गर्ने बताए । मुलुकलाई निरङ्कुशता तिर लग्ने कुनै प्रयास भएमा बेलैमा दवाव सिर्जना गर्नुपर्ने बताउँदै उनले गलत प्रवृत्तिलाई सुध्रिन बाध्य पार्नुपर्ने उल्लेख गरे ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सहयोगमा संगालो खबर मिडिया प्रालिले आयोजना गरको कार्यक्रममा अग्रज पत्रकार यज्ञ शर्माले सम्बन्धित विषयमा प्रस्तुती दिएका थिए । संगालोखबरका अध्यक्ष रविन कटेलको अध्यक्षतामा भएको कार्यक्रममा पत्रकार महासंघ आवद्ध पदाधिकारीसहित ५० भन्दा बढी सक्रिय पत्रकारहरू सहभागि थिए ।

सम्बन्धित समाचार

निजी मिडियाको विज्ञापन कटौती प्रति कोशीका आन्तरिक मामिला मन्त्री इन्द्रमणि पराजुलीको आपत्ति

  विराटनगर । संघीय सरकारले निजी मिडियालाई दिने विज्ञापन कटौती गरेको प्रति कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री इन्द्रमणि पराजुलीले आपत्ति जनाएका छन् । पत्रकारितामा आवद्ध महिला, अपाङ्गता भएका व्यक्ति, आदिवासी जनजाति तथा पिछडा...

सीमा सम्बन्धी प्रधानमन्त्रीको अभिव्यक्तिप्रति नेकपाको आपत्ति

  काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी नेकपाले प्रतिनिधिसभामा प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल–भारत सीमा विवादबारे दिएको अभिव्यक्तिप्रति गम्भीर असहमति जनाएको छ। पार्टीका प्रवक्ता प्रकाश ज्वालाद्वारा जारी विज्ञप्तिमा प्रधानमन्त्रीको भनाइलाई गैरजिम्मेवारपूर्ण, राष्ट्रिय सार्वभौमसत्ता तथा भौगोलिक अखण्डताको भावना...

ट्राफिक कारबाहीबाट १० दिनमा १ करोड ४१ लाख राजस्व सङ्कलन

विराटनगर । जेठ ८ गतेदेखि १७ गतेसम्ममा सवारी नियम उल्लङ्घन गर्ने २१ हजार २ सय सवारी चालक कारबाहीमा परेका छन् । १० दिने अवधिमा सवारी नियम उल्लङ्घन गर्ने २१ हजार २ सय सवारी चालक कारबाहीमा...

मलेसियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध

विराटनगर । मलेसियाले १६ वर्षभन्दा कम उमेरका बालबालिकाको सामाजिक सञ्जाल प्रयोगमा कडाइ गर्दै नयाँ कानुनी व्यवस्था लागू गरेको छ। सोमबारदेखि कार्यान्वयनमा आएको नियमअनुसार १६ वर्षमुनिका बालबालिकाले सामाजिक सञ्जालमा व्यक्तिगत खाता खोल्न वा सञ्चालन गर्न पाउने...

अध्यक्ष कप फुटबल :आयोजकलाई हराउँदै गोल्डेन स्टार सेमिफाइनलमा

  मोरङ। मोरङको ग्रामथान गाउँपालिकामा जारी अध्यक्ष कप नक(आउट फुटबल प्रतियोगितामा गोल्डेन स्टार युथ क्लब, भलुवा, सुनसरी सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार नडियाटोकको खेल मैदानमा सम्पन्न चौथो तथा अन्तिम क्वार्टरफाइनल खेलमा आयोजक दिप ज्योति...

ग्रामथान अध्यक्ष कप नक आउट फुटबल प्रतियोगिता शुरु

  विराटनगर। मोरङको ग्रामथान गाउँपालिका वडा नम्बर १ मा अध्यक्ष कप नक आउट फुटबल प्रतियोगिताको आयोजना गरिएको छ ।दिप ज्योति युवा क्लबको आयोजनामा सुरु भएको प्रतियोगितामा ८ टोलिले भाग लिएका छन् । लखन्तरी नडियाटोकको खेल...

कुवेतमा मिसाइल र ड्रोन आक्रमण, मध्यपूर्वमा फेरि तनाव बढ्ने संकेत

  दुबई– इरान–अमेरिका तनावका बीच कुवेतमा मिसाइल तथा ड्रोन आक्रमण भएको खबर सार्वजनिक भएपछि मध्यपूर्वको सुरक्षा अवस्था फेरि तनावपूर्ण बनेको छ । इरान–अमेरिका युद्धपछि कायम गरिएको नाजुक युद्धविराममाथि समेत यस घटनाले प्रश्न उठाएको छ ।...

सडक बालबालिकामुक्त मुलुक घोषणा गरिने

  काठमाडौं । सरकारले सडक बालबालिकामुक्त मुलुकको घोषणा गर्ने घोषणा गरेको छ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै उक्त घोषणा गरेका हुन् । ‘नेपाललाई सडक बालबालिकामुक्त मुलुकको घोषणा गर्ने,’ उनले बजेट...

खेलकुद क्षेत्रका लागि ४ अर्ब ३ करोड बजेट विनियोजन

  काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा खेलकुद क्षेत्रका लागि ४ अर्ब ३ करोड बजेट विनियोजन गरेको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेट प्रस्तुत गर्दै सो रकम खेलकुद क्षेत्रमा छुट्याइएको जानकारी गराए ।

शिक्षा क्षेत्रका लागि २१८ अर्ब बजेट

  काठमाडौं । सरकारले शिक्षा क्षेत्रका लागि बजेट शिक्षा क्षेत्रका लागि २१८ अर्ब ३० करोड बजेट विनियोजन गरेको छ । आगामी आर्थिक वर्ष २०८३र८४ को बजेट भाषण गर्दै अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले यस्तो जानकारी दिएका...

पूर्वपश्चिम राजमार्गका लागि ३७ अर्ब ४६ करोड बजेट

काठमाडौं । आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै अर्थमन्त्री स्वर्णिम वाग्लेले सरकारले पूर्व पश्चिम राजमार्गका लागि ३७ अर्ब ४६ करोड बजेट छुट्टयाएको बताए ।

कोशी प्रदेश स्तरीय १६ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता जेठ १७ र १८ गते हुने

  विराटनगर। कोशी प्रदेश खेलकुद विकास बोर्डले १६ औँ प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता जेठ १७ र १८ गते गर्ने निर्णय गरेको छ। आज विराटनगरस्थित बोर्डको कार्यालयमा सम्पन्न बोर्डको ३२ औँ बैठकले प्रदेश स्तरीय...