झ्याउरे लयको ‘मुनामदन’  नाटकका रुपमा दर्शकहरुको मन जित्दै

झ्याउरे लयको ‘मुनामदन’  नाटकका रुपमा दर्शकहरुको मन जित्दै

 राष्ट्रिय डेली

विराटनगर । महाकवि लक्ष्मीप्रसाद देवकाटाको चर्चित खण्डकाव्य हो– ‘मुनामदन’ । सर्वाधिक बिक्री हुने नेपाली साहित्यिक पुस्तकको रूपमा यसको भिन्न स्थान छ । तिब्बतको ल्हासासँग नेपाली समाजको आर्थिक सम्बन्ध बलियो भएको समयको यो अमर दस्तावेज हो।

झ्याउरे लयमा बुनिएको वियोगान्त प्रेमकथा यति बेला नाटकको रूपमा मंचन भइरहेको छ । विराटनगरस्थित आरोहण गुरुकुलमा असोज ४ गतेबाट उक्त नाटकको नियमित मञ्चन सुरु भएको छ । विराट आदर्श साहित्य मञ्चले नाटकलाई मञ्चन गरेको हो ।

झ्याउरे लय टिपेर लेखिएको खण्डकाव्यको नाट्य रूपान्तरणले दर्शकको मन छुन्छ । दर्शकहरु नाटक हेर्दै गर्दा भावुक हुन्छन् । नाटकले दर्शकलाई पुरानो समाजमा लैजान्छ । चरम गरिबीका कारण घर चलाउन धौधौ भएपछि पत्नी मुना र आमालाई छोडेर मदन पैसा कमाउन ल्हासा जान्छन । बाटोमा फर्किने क्रममा झाडापखाला लागेर मदन थला पर्छ । बिरामी मदनलाई बीच बाटोमै छोडेर साथीहरू घर फर्किन्छन् र घरमा आमा र मुनालाई मदनको निधन भएको खबर सुनाइदिन्छन् । यो कुराले मुना शोकमा पर्छिन् र उनको निधन हुन्छ । उता बिरामी परेको मदनलाई एक तिब्बतीले स्याहार गरी बचाउँछन । निको भएर घर फर्किएपछि न मदनले मुनालाई भेट्छ, न आमालाई । उनकी दिदीले यसको बेलीविस्तार लगाउँछिन् ।

‘मुनामदन’ विछोडको कथा मात्रै हैन, यो आदर्श प्रेमकथा पनि हो । अहिले पनि नेपाली समाजमा निम्न वर्गीय परिवारको कथा उस्तै छ । स्थान र आवश्यकताका प्रकृतिहरू बदिलएका छन् । अहिलेका मदनहरू ल्हासाका सट्टा कतार मलेसिया जान्छन् ।

कटवाल दिपकको नाट्य रुपान्तरण तथा निदेर्शन रहेको ‘मुनामदन’ लाई निम्नमध्यम वर्गीय परिवारको प्रतिनिधिमूलक नाटक मान्न सकिन्छ । मदनलाई साथीहरूले अलपत्र पारेर छोडेको दृश्य, जातभात छाडेर भोटे तिब्बतीको खुट्टा समाउँदाका दृश्यहरूले दर्शकलाई भावुक बनाउँछन् ।

नाटकलाइ विराटनगरका विद्यालयहरु तथा दर्शकहरुले मन पराएर राम्रो साथ दिएका कारण आफु सफल भएको कटवाल दिपकले बताए, ‘मुनामदन’  आफैमा एउटा उत्कृष्ट कृती भएका कारण हरेक विद्यार्थी तथा दर्शकहरुलाइ वुझाउन मंचन गरेको उनले बताए ।

नाटकले देवकोटाको खण्डकाब्यलाइ न्याय गरेको र कलाकारहरुको अभिनयले हरेक मान्छेको मन छुने शिक्षासेवी भेषराज पोखरेलले बताए । साथै नाटकले अहिलेको जन जिवन संग मिल्लोजुल्दो समस्याको उठान गरेको र अहिले पनी नेपालीहरु विदेशिन बाध्य भइरहेकाले हरेक नेपालीहरुले सोच्नुपर्नै अवस्था आएको र यस्तो अवस्था परिवर्तन गर्न राज्यले कदम चाल्नुपर्ने प्रतिनिधीसभा सदस्य माननिय योगेन्द्र मण्डलले बताए ।

नाटकमा रस्मी थापा लकेश दंगाल, मिलन चाम्लिङ राइ,निर्जल पौडेल, अतित निरौला, सुजता थापा, प्रदिप दाहाल, दिवस ढकाल, एलिजा ठाकुर, आकृती थापा, लिलामायाँ लिम्बु, सचिा लिम्बु, मनिला तामाङ, अभिनय रहेको छ । नाटकको प्रकासमा सागर विश्वास र संगितमा सागर विष्ट रहेका छन् ।

नाटक असोज १६ गते सम्म हरेक दिन विहान ८ बजे दिउँशो १२ बजे र २ बजे मंचन भइरहेको छ ।

सम्बन्धित समाचार

एभरेष्टका विद्यार्थी स्पेन जाँदै, बार्सिलोना सभापछि चार देशको अवलोकन भ्रमण गराइने

विराटनगर । विराटनगर–५ स्थित एभरेष्ट सेकेण्डरी स्कुलका सात विद्यार्थीसहित दश जनाको टोली स्पेन जाने भएको छ । स्पेनको वार्सिलोनामा जेठ २९ देखि ३१ गतेसम्म (१२ जुन देखि १४ सम्म ) हुने युरोप मोडल संयुक्त राष्ट्रसंघको...

ग्रामथानमा पत्रकार धम्क्याइएको घटनामा छानबिन माग

  विराटनगर । मोरङको ग्रामथान गाउँपालिकामा नदीजन्य सामग्रीको अवैध उत्खनन् सम्बन्धी समाचार संकलनका क्रममा पत्रकारहरूलाई ज्यान मार्ने धम्की दिइएको घटनाप्रति विरोध जनाउँदै पत्रकारहरूले प्रशासनसमक्ष छानबिनको माग गरेका छन् । नेपाल पत्रकार महासंघ कोशी प्रदेश र...

सामान्य अंकले घट्यो शेयर बजार

विराटनगर । बिहीवार शेयर बजार सामान्य अंकले घटेको छ । शेयर बजार ७.७३ अंकले घटेर २,७३८ बिन्दुमा कायम भएको छ । शेयर बजारमा ९८ कम्पनीको शेयर मूल्य बढेको छ भने १६१ कम्पनीको शेयर मूल्य घटेको...

विराटनगर जेसीजद्वारा “टुगेदर फर अटिजम” कार्यक्रम सम्पन्न

  विराटनगर । मानवताको सेवा नै जीवनको सर्वोत्तम कार्य हो भन्ने मूल उद्देश्यका साथ विराटनगर जेसीजले “टुगेदर फर अटिजम” कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ। अटिजम अपाङ्गता पनि समाजको एक अभिन्न अङ्ग भएकोले अटिजम भएका व्यक्तिहरूले...

लालीबजार फिल्म रोकिएपछि माइतीघरमा उत्रिए चलचित्रकर्मी

  काठमाडौं । लालीबजारको प्रदर्शन रोक्ने उच्च अदालत पाटनको अन्तरिम आदेशविरुद्ध चलचित्रकर्मीहरू माइतीघर मण्डलामा सडकमा उत्रिएका छन्। वैशाख १८ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको फिल्मलाई अदालतले सुनुवाइ नसकिँदासम्म प्रदर्शन नगर्न आदेश दिएपछि निर्माण टिम र...

दोहोरो अंकले घट्यो शेयर बजार

विराटनगर । बुधवार शेयर बजार दोहोरो अंकले घटेको छ । शेयर बजार २५.८१ अंकले घटेर २,७४४ बिन्दुमा कायम भएको छ । शेयर बजारमा ३१ कम्पनीको शेयर मूल्य बढेको छ भने २३४ कम्पनीको शेयर मूल्य घटेको...

अन्तरप्रदेश यातायात भाडा पुनः ५ प्रतिशतले वृद्धि गर्ने सरकारको निर्णय

काठमाडौं । इन्धन मूल्य वृद्धिको प्रत्यक्ष प्रभाव सार्वजनिक यातायातमा परेको छ । सरकारले अन्तरप्रदेश सार्वजनिक सवारी तथा मालवाहक सवारीको भाडादर पुनः बढाएको छ। यातायात व्यवस्था विभागका अनुसार स्वचालित ‘वैज्ञानिक भाडा समायोजन प्रणाली’ अनुसार भाडादर समायोजन...

प्रतितोला २ हजार ७ सयले बढ्यो सुनको मूल्य

विराटनगर । स्थानीय बजारमा आइतवार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतवार सुनको मूल्य २ हजार ७ सयले बढेको हो । महासंघका अनुसार शुक्रवार प्रतितोला २ लाख ९६ हजार ५ सयमा...

देशभर सञ्चालन गरियो अतिक्रमित संरचना हटाउने अभियान

  काठमाडौं । काठमाडौं उपत्यकासहित देशभर सरकारी तथा सार्वजनिक जग्गामा अवैध रूपमा निर्माण गरिएका संरचना हटाउने अभियान सञ्चालन गरिएको छ । सरकारले पहिलो चरणमा शनिबारदेखि काठमाडौँ उपत्यकाका विभिन्न जोखिमयुक्त क्षेत्रमा अतिक्रमित घरटहरालगायत संरचना हटाउन सुरु...

कोशी प्रदेशबाट एक महिनामै ११ हजारभन्दा बढी युवा विदेशिए

  विराटनगर । कोशी प्रदेशबाट मात्रै एक महिनाको अवधिमा ११ हजार ७०८ युवा वैदेशिक रोजगारीमा गएका छन् । प्रदेशका १४ जिल्लाबाट निरन्तर रूपमा भइरहेको यो बाहिरिने दरले श्रम बजार मात्र होइन, उत्पादनमुखी अर्थतन्त्रमै गम्भीर दबाब...

वास्तविक सुकुमबासीलाई जग्गा वितरण हुन्छः प्रधानमन्त्री बालेन

विराटनगर। प्रधानमन्त्री बालेन शाहले देशभर रहेका लाखौं सुकुमवासीको समस्या समाधान गर्न सरकार गम्भीर रहेको बताएका छन्। उनले वास्तविक सुकुमवासी र अतिक्रमणकारी छुट्याएर व्यवस्थित समाधान अघि बढाइने स्पष्ट पारेका छन्। हाल सरकारद्वारा काठमाडौंका विभिन्न सुकुमवासी बस्तीहरू...

प्रतितोला २ हजार २ सयले घट्यो सुनको मूल्य

  विराटनगर। स्थानीय बजारमा शुक्रवार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रवार सुनको मूल्य २ हजार २ सयले घटेको हो । महासंघका अनुसार बिहीवार प्रतितोला २ लाख ९८ हजार ७ सयमा...