सुनसरीमा धानबालीमा ठूलो क्षती

सुनसरीमा धानबालीमा ठूलो क्षती

 राष्ट्रिय डेली

 

सुनसरी । तीनदिनदेखीको अविरल वर्षाका कारणले हजारौ हेक्टर क्षेत्रफलको धानबालीमा क्षती भएको छ । लगातार परेको वर्षाका कारण आएको बाढी र डुबानका कारण २० हजार बढी हेक्टर जमिनको कृषि बालीमा क्षति पुगेको र यसले करोर्डौं रुपियाँको नोक्सानी हुनसक्ने प्रारम्भिक अनुमान कृषि ज्ञान केन्द्र सुनसरीले गरेको छ । पानी अझै नसुकेकोले क्षतिको परिणाम यकिन गर्नमा समस्या भएको बताइएको छ । ज्ञान केन्द्रका सूचना अधिकारी योगेन्द्र प्रसाद यादवले क्षतिको विवरण यकीन नभएपनि जिल्लामा मुख्य रुपमा धानबाली, माछापालन र लहरे तरकारी बालीमा गरी अर्बौं रुपिँया भन्दा बढीको क्षति हुन सक्ने प्रारम्भिक अनुमान रहेको जनकारी दिनुभयो । यादवका अनुसार नेपालको अन्न भण्डारको रुपमा परिचित धान खेतीमा नै सबै भन्दा बढी क्षती भएको जानकारी दिनुभयो ।
सुनसरीमा धरानदेखी बर्जुसम्म सबै स्थानमा करोडौको क्षति भएको प्रारम्भिक अनुमान छ ।
उहाँका अनुसार ५३ हजार पाँच सय हेक्टरमा धानबाली लगाएकोमा २० हजार हेक्टर बढीमा बाढी र डुवानले धानबाली डुबेको छ भने बाकीमा कम क्षती भएको कम डुबेका छन् । यसैगरी नगदे बालीको रुपमा रहेको लहरे तरकारीहरु , केरा, उखु, काउली सहितका तीन हजार हेक्टरभन्दा बढी क्षेत्र डुबानमा परी नष्ट भएको छ ।
बाढी, पहिरो र ढुबानले जिल्लाको धरान, इटहरी, रामधुनी, इनरुवा, बराहक्षेत्र, कोशी, भोक्राहा नरसिंह, हरिनगर, देवनागञ्ज , वर्जु , गढी र दुहवी लगायतका क्षेत्रमा लगाएको धानबाली सहित तरकारी बाली ठूलो क्षती भएको किसान सियाराम यादवले जानकारी दिनुभयो ।
धेरै सिकानले भित्रियाउन लागेको धानमा पानी पसेर ढुबेको छ भने केही धान बगाएको र केही स्थानमा डुबानमा परेकाले किसान चिन्तित बनेका छन् । यहाँका पोखरीमा पालेको माछासमेत भेलले बगाउँदा किसानहरु चिन्तामा छन् ।
सुनसरीको इटहरी उपमहानगरपालिका, इनरुवा नगरपालिका, रामधुनी नगरपालिका, भोक्राह, हरिनगरा, गाउँपालिकामा किसानले लगाएको धानखेत बाढीले ढुबेको छ । यस्तै सुनसरीको बराह नगरपालिका, बर्जु र गढी गाउँपालिकामा समेत बाढीले धानबालीमा क्षती पुर्याएको छ ।
केरामा पनि क्षती
धानबाली पछि सुनसरीमा केरा खेतिमा क्षति पुगेको छ । सुनसरीका विभिन्न स्थानमा किसानले १ सय ३५ हेक्टरमा लगाएको केरा खेती बाढीका कारण नस्ट हुँदा २ करोड १५ लाख रुपियाँ बराबर क्षति भएको अनुमान गरिएको छ । कृषि ज्ञान केन्द्र कार्यालय सुनसरीका अनुसार सुनसरीको भोक्राह नरसिंह, कोसी गाउँपालिका र इनरुवा नगरपालिका ९ बबियामा बिशेष गरि केरा खेति हुने गरेको छ ।
तरकारीमा पनि क्षती
अबिरल वर्षाका कारण सुनसरीका किसानले लगाएको तरकारी बाली नस्ट भएको छ । सुनसरीका अधिकांश स्थानमा स्थानीय खोलाको बाढी पस्दा बर्खे तथा बेमौसमी तरकारी बाली नष्ट भएको छ । यहाँका ५ देखि १० प्रतिशत मात्रै तरकारी बाली बाँचेको सूचना अधिकारी योगेन्द्र प्रसाद यादवले जानकारी दिनुभयो । यसैगरि बाढीले किसानले पोखरीमा पालेको माछासमेत बगाएको छ । सुनसरीको इनरुवा, नगरपालिका, बराह नगरपालिका, रामधुनी नगरपालिका, ईटहरी उपमहानगरपालिका, धरान उपमहानगरपालिकापा, दुहबी नगरपालिका र ६ वटा गाउँपालिका गरि १० हजार ९ सात सय किसान बाढीबाट प्रभावित भएका छन् । सूनसरीमा बाढीका काराण धान खेत जलमग्न भएका छन् भने अझै ३ दिनसम्म डुवान रहने अनुमान गरिएको छ । त्यस्तै माछा पोखरी बाढीले भत्काएको र पुरेको छ ।

सम्बन्धित समाचार

एभरेष्टका विद्यार्थी स्पेन जाँदै, बार्सिलोना सभापछि चार देशको अवलोकन भ्रमण गराइने

विराटनगर । विराटनगर–५ स्थित एभरेष्ट सेकेण्डरी स्कुलका सात विद्यार्थीसहित दश जनाको टोली स्पेन जाने भएको छ । स्पेनको वार्सिलोनामा जेठ २९ देखि ३१ गतेसम्म (१२ जुन देखि १४ सम्म ) हुने युरोप मोडल संयुक्त राष्ट्रसंघको...

ग्रामथानमा पत्रकार धम्क्याइएको घटनामा छानबिन माग

  विराटनगर । मोरङको ग्रामथान गाउँपालिकामा नदीजन्य सामग्रीको अवैध उत्खनन् सम्बन्धी समाचार संकलनका क्रममा पत्रकारहरूलाई ज्यान मार्ने धम्की दिइएको घटनाप्रति विरोध जनाउँदै पत्रकारहरूले प्रशासनसमक्ष छानबिनको माग गरेका छन् । नेपाल पत्रकार महासंघ कोशी प्रदेश र...

सामान्य अंकले घट्यो शेयर बजार

विराटनगर । बिहीवार शेयर बजार सामान्य अंकले घटेको छ । शेयर बजार ७.७३ अंकले घटेर २,७३८ बिन्दुमा कायम भएको छ । शेयर बजारमा ९८ कम्पनीको शेयर मूल्य बढेको छ भने १६१ कम्पनीको शेयर मूल्य घटेको...

विराटनगर जेसीजद्वारा “टुगेदर फर अटिजम” कार्यक्रम सम्पन्न

  विराटनगर । मानवताको सेवा नै जीवनको सर्वोत्तम कार्य हो भन्ने मूल उद्देश्यका साथ विराटनगर जेसीजले “टुगेदर फर अटिजम” कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ। अटिजम अपाङ्गता पनि समाजको एक अभिन्न अङ्ग भएकोले अटिजम भएका व्यक्तिहरूले...

लालीबजार फिल्म रोकिएपछि माइतीघरमा उत्रिए चलचित्रकर्मी

  काठमाडौं । लालीबजारको प्रदर्शन रोक्ने उच्च अदालत पाटनको अन्तरिम आदेशविरुद्ध चलचित्रकर्मीहरू माइतीघर मण्डलामा सडकमा उत्रिएका छन्। वैशाख १८ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको फिल्मलाई अदालतले सुनुवाइ नसकिँदासम्म प्रदर्शन नगर्न आदेश दिएपछि निर्माण टिम र...

दोहोरो अंकले घट्यो शेयर बजार

विराटनगर । बुधवार शेयर बजार दोहोरो अंकले घटेको छ । शेयर बजार २५.८१ अंकले घटेर २,७४४ बिन्दुमा कायम भएको छ । शेयर बजारमा ३१ कम्पनीको शेयर मूल्य बढेको छ भने २३४ कम्पनीको शेयर मूल्य घटेको...

अन्तरप्रदेश यातायात भाडा पुनः ५ प्रतिशतले वृद्धि गर्ने सरकारको निर्णय

काठमाडौं । इन्धन मूल्य वृद्धिको प्रत्यक्ष प्रभाव सार्वजनिक यातायातमा परेको छ । सरकारले अन्तरप्रदेश सार्वजनिक सवारी तथा मालवाहक सवारीको भाडादर पुनः बढाएको छ। यातायात व्यवस्था विभागका अनुसार स्वचालित ‘वैज्ञानिक भाडा समायोजन प्रणाली’ अनुसार भाडादर समायोजन...

प्रतितोला २ हजार ७ सयले बढ्यो सुनको मूल्य

विराटनगर । स्थानीय बजारमा आइतवार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतवार सुनको मूल्य २ हजार ७ सयले बढेको हो । महासंघका अनुसार शुक्रवार प्रतितोला २ लाख ९६ हजार ५ सयमा...

देशभर सञ्चालन गरियो अतिक्रमित संरचना हटाउने अभियान

  काठमाडौं । काठमाडौं उपत्यकासहित देशभर सरकारी तथा सार्वजनिक जग्गामा अवैध रूपमा निर्माण गरिएका संरचना हटाउने अभियान सञ्चालन गरिएको छ । सरकारले पहिलो चरणमा शनिबारदेखि काठमाडौँ उपत्यकाका विभिन्न जोखिमयुक्त क्षेत्रमा अतिक्रमित घरटहरालगायत संरचना हटाउन सुरु...

कोशी प्रदेशबाट एक महिनामै ११ हजारभन्दा बढी युवा विदेशिए

  विराटनगर । कोशी प्रदेशबाट मात्रै एक महिनाको अवधिमा ११ हजार ७०८ युवा वैदेशिक रोजगारीमा गएका छन् । प्रदेशका १४ जिल्लाबाट निरन्तर रूपमा भइरहेको यो बाहिरिने दरले श्रम बजार मात्र होइन, उत्पादनमुखी अर्थतन्त्रमै गम्भीर दबाब...

वास्तविक सुकुमबासीलाई जग्गा वितरण हुन्छः प्रधानमन्त्री बालेन

विराटनगर। प्रधानमन्त्री बालेन शाहले देशभर रहेका लाखौं सुकुमवासीको समस्या समाधान गर्न सरकार गम्भीर रहेको बताएका छन्। उनले वास्तविक सुकुमवासी र अतिक्रमणकारी छुट्याएर व्यवस्थित समाधान अघि बढाइने स्पष्ट पारेका छन्। हाल सरकारद्वारा काठमाडौंका विभिन्न सुकुमवासी बस्तीहरू...

प्रतितोला २ हजार २ सयले घट्यो सुनको मूल्य

  विराटनगर। स्थानीय बजारमा शुक्रवार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रवार सुनको मूल्य २ हजार २ सयले घटेको हो । महासंघका अनुसार बिहीवार प्रतितोला २ लाख ९८ हजार ७ सयमा...