विराटनगर । फ्रान्सले बिहीवार युक्रेनलाई ४ ० ले हराउँदै २०२६ विश्वकपमा आफ्नो स्थान पक्का गरेको छ। खेलमा किलियन एमबाप्पे स्टार बनेका छन् । उनले दुई गोल गरे। पहिलो हाफमा गोलरहित बराबरीमा टुंगिएको थियो ।
दोस्रो हाफमा फ्रान्सले उत्कृष्ट खेल्दै लगातार गोल गर्यो। माइकल ओलिसेलाई बक्सभित्र फाउल गरिएपछि फ्रान्सले पाएको पेनाल्टीबाट एमबाप्पेले ५५ औं मिनेटमा पहिलो गोल गरे
ओलिसेले ७६ औं मिनेटमा गोल गर्दै फ्रान्सको अग्रता दोब्बर पारे । खेलको ८३ औं एमबाप्पेले नजिकबाट दोस्रो गोल गर्दै आफ्नो करियरको ४ सयौं गोल पूरा गरेका छन्।
अन्तिम मिनेटमा एमबाप्पेले उत्कृष्ट पास दिएपछि ह्युगो एकिटिकेले गोल गर्दै फ्रान्सका लागि आफ्नो पहिलो गोल पनि गरे। युइएफए विश्वकप छनोटको समूह डीको शीर्ष स्थानमा रहेको फ्रान्सको १३ अंक छ।
Post Views: 156