स्वास्थ मासु उत्पादनका लागि खसीबाख्रा पालन

स्वास्थ मासु उत्पादनका लागि खसीबाख्रा पालन

 राष्ट्रिय डेली

 

विराटनगर ÷ सत्यम कृषि बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले स्वस्थ मासु उत्पादन गर्ने उद्देश्यसहित उन्नत जातको खसीबाख्रा पालन सुरु गर्ने भएको छ ।
सहकारीले नेपाल सरकार र विश्व बैंकको सहयोगमा बाख्रा पालन सुरु गर्न लागेको हो । बाख्रा पालनस्थल मोरङको ग्रामथान गाउँपालिका–१ लखन्तरीमा बिहीबार सार्वजनिक सुनुवाई कार्यक्रम गरिएको छ । सम्पूर्ण सेयर सदस्यलाई बाख्रापालनका विषयमा जानकारी दिन र जिज्ञासा समाधान गर्न सार्वजनिक सुनवाई गरिएको सहकारीका अध्यक्ष गंगाप्रसाद यादवले जानकारी दिए ।

उन्नत जातको खसीबोका र बाख्रा पालन गर्न सहकारीलाई कृषि तथा पशुपन्छी विकास मन्त्रालय र विश्व बैंकको नेपाल लाइभ स्टक सेक्टर इनोभेसन आयोजनाले लगानीको ५० प्रतिशत अनुदान दिने भएको छ । आयोजनाका लागि सहकारीले आफ्नो २० प्रतिशत लगानी गरेको छ । यस्तै ३० प्रतिशत राष्ट्रिय सहकारी बैंकबाट कर्जा लिएको छ भने लगानीको ५० प्रतिशत विश्वबैंकले बेहोर्ने सहकारीकी प्रबन्धक उषा कार्कीले बताइन् । सम्बन्धित निकायहरुसँग सम्झौता भइसकेर यतिखेर कार्यान्वयनको चरणमा रहेको कार्कीको भनाइ छ । बाख्रा पालनका निम्ति सहकारीले लखन्तरीमा १० कठ्ठा जग्गा खरिद गरेको छ भने बाख्राको आहाराका निम्ति डालेघाँस उत्पादन गर्न २ बिघा जग्गा भाडामा लिएको छ । १ सय ५० वटा बाख्रा र ४ वटा बोका पालन गरिने जनाइएको छ ।

स्वस्थ मासु उत्पादनका लागि बाख्रा पालन व्यवसाय तथा बजारीकरण कार्यक्रमबाट स्वस्थ मासु उत्पादन हुने मात्र नभई सेयर सदस्यका साथै स्थानीय किसानसमेत लाभान्वित हुने नेपाल सरकार तथा विश्व बैंकबाट सञ्चालित आयोजनाका समन्वय प्रमुख डा. सुधीरकुमार सिंहले बताए । आयोजनाले प्रदेश–१ का ७ जिल्लामा ५० वटा सहकारीसँग अनुदान सम्झौता गरेको सिंहले जानकारी गराए ।

सम्बन्धित समाचार

एभरेष्टका विद्यार्थी स्पेन जाँदै, बार्सिलोना सभापछि चार देशको अवलोकन भ्रमण गराइने

विराटनगर । विराटनगर–५ स्थित एभरेष्ट सेकेण्डरी स्कुलका सात विद्यार्थीसहित दश जनाको टोली स्पेन जाने भएको छ । स्पेनको वार्सिलोनामा जेठ २९ देखि ३१ गतेसम्म (१२ जुन देखि १४ सम्म ) हुने युरोप मोडल संयुक्त राष्ट्रसंघको...

ग्रामथानमा पत्रकार धम्क्याइएको घटनामा छानबिन माग

  विराटनगर । मोरङको ग्रामथान गाउँपालिकामा नदीजन्य सामग्रीको अवैध उत्खनन् सम्बन्धी समाचार संकलनका क्रममा पत्रकारहरूलाई ज्यान मार्ने धम्की दिइएको घटनाप्रति विरोध जनाउँदै पत्रकारहरूले प्रशासनसमक्ष छानबिनको माग गरेका छन् । नेपाल पत्रकार महासंघ कोशी प्रदेश र...

सामान्य अंकले घट्यो शेयर बजार

विराटनगर । बिहीवार शेयर बजार सामान्य अंकले घटेको छ । शेयर बजार ७.७३ अंकले घटेर २,७३८ बिन्दुमा कायम भएको छ । शेयर बजारमा ९८ कम्पनीको शेयर मूल्य बढेको छ भने १६१ कम्पनीको शेयर मूल्य घटेको...

विराटनगर जेसीजद्वारा “टुगेदर फर अटिजम” कार्यक्रम सम्पन्न

  विराटनगर । मानवताको सेवा नै जीवनको सर्वोत्तम कार्य हो भन्ने मूल उद्देश्यका साथ विराटनगर जेसीजले “टुगेदर फर अटिजम” कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ। अटिजम अपाङ्गता पनि समाजको एक अभिन्न अङ्ग भएकोले अटिजम भएका व्यक्तिहरूले...

लालीबजार फिल्म रोकिएपछि माइतीघरमा उत्रिए चलचित्रकर्मी

  काठमाडौं । लालीबजारको प्रदर्शन रोक्ने उच्च अदालत पाटनको अन्तरिम आदेशविरुद्ध चलचित्रकर्मीहरू माइतीघर मण्डलामा सडकमा उत्रिएका छन्। वैशाख १८ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको फिल्मलाई अदालतले सुनुवाइ नसकिँदासम्म प्रदर्शन नगर्न आदेश दिएपछि निर्माण टिम र...

दोहोरो अंकले घट्यो शेयर बजार

विराटनगर । बुधवार शेयर बजार दोहोरो अंकले घटेको छ । शेयर बजार २५.८१ अंकले घटेर २,७४४ बिन्दुमा कायम भएको छ । शेयर बजारमा ३१ कम्पनीको शेयर मूल्य बढेको छ भने २३४ कम्पनीको शेयर मूल्य घटेको...

अन्तरप्रदेश यातायात भाडा पुनः ५ प्रतिशतले वृद्धि गर्ने सरकारको निर्णय

काठमाडौं । इन्धन मूल्य वृद्धिको प्रत्यक्ष प्रभाव सार्वजनिक यातायातमा परेको छ । सरकारले अन्तरप्रदेश सार्वजनिक सवारी तथा मालवाहक सवारीको भाडादर पुनः बढाएको छ। यातायात व्यवस्था विभागका अनुसार स्वचालित ‘वैज्ञानिक भाडा समायोजन प्रणाली’ अनुसार भाडादर समायोजन...

प्रतितोला २ हजार ७ सयले बढ्यो सुनको मूल्य

विराटनगर । स्थानीय बजारमा आइतवार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतवार सुनको मूल्य २ हजार ७ सयले बढेको हो । महासंघका अनुसार शुक्रवार प्रतितोला २ लाख ९६ हजार ५ सयमा...

देशभर सञ्चालन गरियो अतिक्रमित संरचना हटाउने अभियान

  काठमाडौं । काठमाडौं उपत्यकासहित देशभर सरकारी तथा सार्वजनिक जग्गामा अवैध रूपमा निर्माण गरिएका संरचना हटाउने अभियान सञ्चालन गरिएको छ । सरकारले पहिलो चरणमा शनिबारदेखि काठमाडौँ उपत्यकाका विभिन्न जोखिमयुक्त क्षेत्रमा अतिक्रमित घरटहरालगायत संरचना हटाउन सुरु...

कोशी प्रदेशबाट एक महिनामै ११ हजारभन्दा बढी युवा विदेशिए

  विराटनगर । कोशी प्रदेशबाट मात्रै एक महिनाको अवधिमा ११ हजार ७०८ युवा वैदेशिक रोजगारीमा गएका छन् । प्रदेशका १४ जिल्लाबाट निरन्तर रूपमा भइरहेको यो बाहिरिने दरले श्रम बजार मात्र होइन, उत्पादनमुखी अर्थतन्त्रमै गम्भीर दबाब...

वास्तविक सुकुमबासीलाई जग्गा वितरण हुन्छः प्रधानमन्त्री बालेन

विराटनगर। प्रधानमन्त्री बालेन शाहले देशभर रहेका लाखौं सुकुमवासीको समस्या समाधान गर्न सरकार गम्भीर रहेको बताएका छन्। उनले वास्तविक सुकुमवासी र अतिक्रमणकारी छुट्याएर व्यवस्थित समाधान अघि बढाइने स्पष्ट पारेका छन्। हाल सरकारद्वारा काठमाडौंका विभिन्न सुकुमवासी बस्तीहरू...

प्रतितोला २ हजार २ सयले घट्यो सुनको मूल्य

  विराटनगर। स्थानीय बजारमा शुक्रवार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रवार सुनको मूल्य २ हजार २ सयले घटेको हो । महासंघका अनुसार बिहीवार प्रतितोला २ लाख ९८ हजार ७ सयमा...