अचार उद्योग मार्फत सफलताको सिँढी चढ्दै तिन महिला उद्यमी

अचार उद्योग मार्फत सफलताको सिँढी चढ्दै तिन महिला उद्यमी

 राष्ट्रिय डेली

झापा । भनिन्छ असम्भव केही छैन । यदि कुनैपनि काममा दत्तचित्त भएर लाग्ने हो भने सबै सम्भव छ । यसका उदाहरण हुन झापाको श्रीजी फुड प्रालिका पुर्णिमा उपाध्याय,प्याकुरेल, , स्मीता तिम्सिना, खनाल र शान्ता भट्टराइ, घिमिरे   ।

चारआलीमा तीनजनाको समुहले श्रीजी फुड प्रालि मार्फत विभिन्न स्वादका अचार नेपाली बजारमा पुर्याउँदै आएका छन् । नेपालमै उत्पादन भएका उत्पादनलाई प्रयोग उनीहरूले विभिन्न स्वादका अचार बजारमा पुर्याउँदै आएका छन् ।

२०७६ साल मंसिरबाट उनीहरूले अचारको उद्योग सुरु गरेका हुन । अहिले हरेक दिन एक हजार केजीसम्म अचार उत्पादन हुँदै आएको छ । अचार बनाउनका लागि उनीहरूले ईलाम, झापा लगायतका स्थानबाट आवश्यक सामग्री ल्याउने गरेका छन् । यस्तै केही आवश्यक कच्चा पदार्थ भारतबाट समेत आयात गर्दै आएका छन् ।

उनीहरूले उत्पादन गरेको अचार काठमाण्डौं, पोखरा, विराटनगर, धरान, ईटहरी, दमक लगायतका विभिन्न स्थानमा खपत हुँदै आएको छ । यस्तै विदेशमा समेत पुर्याउने योजना रहेको उद्यमी पुर्णिमा उपाध्याय, भण्डारीले बताइन । २०७६ मंसिरबाट अचार उत्पादन सुरु भएपनि उत्पादन सुरु भएको छोटो समयमा नै कोरोना महामारी सुरु भयो । जसका कारण सोचेजस्तो बजार विस्तार गर्न नसकेको उनले बताइन ।

महिलाहरूलाई आयआर्जनमा स्वाभलम्बी बनाउँ भन्ने उद्देश्यका साथ उद्योग संचालन गरेको उपाध्यायले बताइन । उनले भनिन्, ‘घरमा त्यत्तिकै बस्न भन्दा केही गर्नुपर्छ भन्ने सोचाइका साथ उद्योग सुरु गरियो, त्यसमा पनि विशेष गरेर महिलालाई आयआर्जनमा स्वाभलम्बी बनाउनुपर्छ भन्ने उद्देश्यका साथ हामीले उद्योग संचालनमा ल्याएका हौँ ।’

उनको पहिलादेखि नै अचार उद्योग खोल्ने योजना थियो । जसको दौरानमा अन्य दुई जना महिला पनि उनीसँग भेट भए । त्यसपश्चात उनीहरूको उद्यमी बन्ने सपना साकार हुँदै गयो । घरपरिवारले पनि उनीहरूको काम प्रति उर्जा थपिदिँदा थप सहज भएको छ । उद्योगमा अहिले डेढ करोडको लगानी भइसकेको छ ।

महिला उद्यमीलाई सरकारले पनि विभिन्न सुविधा छ भनेपनि अहिलेसम्म सरकारी पक्षबाट भने कुनै सुविधा नपाएको उपाध्यायको भनाइ छ । सरकारी पक्षबाट कुनै अनुदान नपाएपछि आफ्नै जग्गा राखेर बैंक ब्याजमा ऋण लिन परेको उनको भनाइ छ ।

मैले पनि आफ्नै छुट्टै पहिचान बनाउन सक्छु भन्ने योजनाका साथ उद्योग स्थापना गरेको उनले बताइन । उहिलेसम्म ५० जना भन्दा बढी महिलाले उद्योगमा काम गरिसकेका छन् । नियमित रूपमा १० जनालाई रोजगारी दिइरहेको उनले बताइन ।

तामा, टमाटर, अकबरे, कागति लगायतका विभिन्न स्वादका अचार उनीहरूले उत्पादन गर्दै आएका छन् । उद्योग सुरुवाती चरणमा कच्चा पदार्थलाई जसरी लामो समयसम्म नबिग्रने तरीकाले राख्नु पर्ने थियो त्यसरी राख्न नसक्दा नोक्सानी ब्यहोर्न बाध्य भएको उनीहरूको अनुभव छ । तर अहिले त्यसरी नोक्सानी ब्यहोर्नु पर्ने अवस्था नरहेको उपाध्यायको भनाई छ । अहिले फुड टेक्नोलोजिस्ट राखेकाले त्यस्ता समस्या नभएको उनले सुनाइन् ।

अझै विभिन्न स्वादका अचार उत्पादन गरेर देश तथा विदेशका विभिन्न स्थानमा पुर्याउने योजनाका साथ काम भइरहेको उनको भनाइ छ ।श्रीजी फुड प्रालिले अचार उत्पादन मात्र गर्दैन अचार उत्पादका लागि चाहिने कच्चा पदार्थ समेत विक्री गर्दै आइरहेको छ ।

सम्बन्धित समाचार

एभरेष्टका विद्यार्थी स्पेन जाँदै, बार्सिलोना सभापछि चार देशको अवलोकन भ्रमण गराइने

विराटनगर । विराटनगर–५ स्थित एभरेष्ट सेकेण्डरी स्कुलका सात विद्यार्थीसहित दश जनाको टोली स्पेन जाने भएको छ । स्पेनको वार्सिलोनामा जेठ २९ देखि ३१ गतेसम्म (१२ जुन देखि १४ सम्म ) हुने युरोप मोडल संयुक्त राष्ट्रसंघको...

ग्रामथानमा पत्रकार धम्क्याइएको घटनामा छानबिन माग

  विराटनगर । मोरङको ग्रामथान गाउँपालिकामा नदीजन्य सामग्रीको अवैध उत्खनन् सम्बन्धी समाचार संकलनका क्रममा पत्रकारहरूलाई ज्यान मार्ने धम्की दिइएको घटनाप्रति विरोध जनाउँदै पत्रकारहरूले प्रशासनसमक्ष छानबिनको माग गरेका छन् । नेपाल पत्रकार महासंघ कोशी प्रदेश र...

सामान्य अंकले घट्यो शेयर बजार

विराटनगर । बिहीवार शेयर बजार सामान्य अंकले घटेको छ । शेयर बजार ७.७३ अंकले घटेर २,७३८ बिन्दुमा कायम भएको छ । शेयर बजारमा ९८ कम्पनीको शेयर मूल्य बढेको छ भने १६१ कम्पनीको शेयर मूल्य घटेको...

विराटनगर जेसीजद्वारा “टुगेदर फर अटिजम” कार्यक्रम सम्पन्न

  विराटनगर । मानवताको सेवा नै जीवनको सर्वोत्तम कार्य हो भन्ने मूल उद्देश्यका साथ विराटनगर जेसीजले “टुगेदर फर अटिजम” कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ। अटिजम अपाङ्गता पनि समाजको एक अभिन्न अङ्ग भएकोले अटिजम भएका व्यक्तिहरूले...

लालीबजार फिल्म रोकिएपछि माइतीघरमा उत्रिए चलचित्रकर्मी

  काठमाडौं । लालीबजारको प्रदर्शन रोक्ने उच्च अदालत पाटनको अन्तरिम आदेशविरुद्ध चलचित्रकर्मीहरू माइतीघर मण्डलामा सडकमा उत्रिएका छन्। वैशाख १८ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको फिल्मलाई अदालतले सुनुवाइ नसकिँदासम्म प्रदर्शन नगर्न आदेश दिएपछि निर्माण टिम र...

दोहोरो अंकले घट्यो शेयर बजार

विराटनगर । बुधवार शेयर बजार दोहोरो अंकले घटेको छ । शेयर बजार २५.८१ अंकले घटेर २,७४४ बिन्दुमा कायम भएको छ । शेयर बजारमा ३१ कम्पनीको शेयर मूल्य बढेको छ भने २३४ कम्पनीको शेयर मूल्य घटेको...

अन्तरप्रदेश यातायात भाडा पुनः ५ प्रतिशतले वृद्धि गर्ने सरकारको निर्णय

काठमाडौं । इन्धन मूल्य वृद्धिको प्रत्यक्ष प्रभाव सार्वजनिक यातायातमा परेको छ । सरकारले अन्तरप्रदेश सार्वजनिक सवारी तथा मालवाहक सवारीको भाडादर पुनः बढाएको छ। यातायात व्यवस्था विभागका अनुसार स्वचालित ‘वैज्ञानिक भाडा समायोजन प्रणाली’ अनुसार भाडादर समायोजन...

प्रतितोला २ हजार ७ सयले बढ्यो सुनको मूल्य

विराटनगर । स्थानीय बजारमा आइतवार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतवार सुनको मूल्य २ हजार ७ सयले बढेको हो । महासंघका अनुसार शुक्रवार प्रतितोला २ लाख ९६ हजार ५ सयमा...

देशभर सञ्चालन गरियो अतिक्रमित संरचना हटाउने अभियान

  काठमाडौं । काठमाडौं उपत्यकासहित देशभर सरकारी तथा सार्वजनिक जग्गामा अवैध रूपमा निर्माण गरिएका संरचना हटाउने अभियान सञ्चालन गरिएको छ । सरकारले पहिलो चरणमा शनिबारदेखि काठमाडौँ उपत्यकाका विभिन्न जोखिमयुक्त क्षेत्रमा अतिक्रमित घरटहरालगायत संरचना हटाउन सुरु...

कोशी प्रदेशबाट एक महिनामै ११ हजारभन्दा बढी युवा विदेशिए

  विराटनगर । कोशी प्रदेशबाट मात्रै एक महिनाको अवधिमा ११ हजार ७०८ युवा वैदेशिक रोजगारीमा गएका छन् । प्रदेशका १४ जिल्लाबाट निरन्तर रूपमा भइरहेको यो बाहिरिने दरले श्रम बजार मात्र होइन, उत्पादनमुखी अर्थतन्त्रमै गम्भीर दबाब...

वास्तविक सुकुमबासीलाई जग्गा वितरण हुन्छः प्रधानमन्त्री बालेन

विराटनगर। प्रधानमन्त्री बालेन शाहले देशभर रहेका लाखौं सुकुमवासीको समस्या समाधान गर्न सरकार गम्भीर रहेको बताएका छन्। उनले वास्तविक सुकुमवासी र अतिक्रमणकारी छुट्याएर व्यवस्थित समाधान अघि बढाइने स्पष्ट पारेका छन्। हाल सरकारद्वारा काठमाडौंका विभिन्न सुकुमवासी बस्तीहरू...

प्रतितोला २ हजार २ सयले घट्यो सुनको मूल्य

  विराटनगर। स्थानीय बजारमा शुक्रवार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रवार सुनको मूल्य २ हजार २ सयले घटेको हो । महासंघका अनुसार बिहीवार प्रतितोला २ लाख ९८ हजार ७ सयमा...