विराटनगर । चालु आर्थिक वर्ष २०८२र८३ को मंसिर मसान्तसम्म नेपालमा कुल विदेशी विनिमय सञ्चिति १९।६ प्रतिशतले वृद्धि भई ३२ खर्ब १ अर्ब ४७ करोड पुगेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार, २०८२ असार मसान्तमा यो सञ्चिति २६ खर्ब ७७ अर्ब ६८ करोड रहेको थियो।
अमेरिकी डलरमा सञ्चिति २०८२ असार मसान्तमा १९ अर्ब ५० करोड रहेकोमा मंसिर मसान्तसम्म १३।५ प्रतिशतले वृद्धि भई २२ अर्ब १३ करोड पुगेको छ।
कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८२ असार मसान्तमा २४ खर्ब १४ अर्ब ६४ करोड रहेकोमा मंसिर मसान्तमा १८।७ प्रतिशतले बढेर २८ खर्ब ६६ अर्ब ४७ करोड पुगेको छ।
बैंक तथा वित्तीय संस्था नेपाल राष्ट्र बैंक बाहेक सँग रहेको विदेशी विनिमय सञ्चिति २०८२ असार मसान्तमा २ खर्ब ६३ अर्ब ४ करोड रहेकोमा मंसिर मसान्तसम्म २७।४ प्रतिशतले बढेर ३ खर्ब ३५ अर्ब पुगेको छ।
त्यसैगरी, २०८२ मंसिर मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको हिस्सा २२.२ प्रतिशत रहेको छ।
Post Views: 206