‘नेपाली वीरताको गाथा’को छायांकन आरम्भ

‘नेपाली वीरताको गाथा’को छायांकन आरम्भ

 राष्ट्रिय डेली

 

काठमाडौ । पृथ्वीनारायण शाहले सुरु गरेको नेपाल एकीकरणदेखि सुगौली सन्धीसम्मको इतिहासलाई समेटेर निर्माण हुन लागेको लघु चलचित्र ‘नेपाली वीरताको गाथा’को छायांकन आरम्भ भएको छ । रिमेश अधिकारी फिल्म प्रोडक्सनको प्रस्तुति तथा रिमेश अधिकारीको परिकल्पना, निर्माण र निर्देशनमा बन्न लागेको यस चलचित्रको छायांकन सोमबार नेपाली सेनाको मुख्यालय परिसरमा रहेको पृथ्वीनारायण पुस्तकालयबाट सुरु गरिएको हो । चलचित्र निर्माणमा नेपाली सेनाको विशेष सहयोग रहेको जनाइएको छ ।

निर्माता तथा निर्देशक अधिकारीका अनुसार करिब छ महिनाको खोज तथा अनुसन्धानपछि पटकथा तयार पारिएको हो । कलाकारलाई कार्यशाला गराएर छायांकन सुरु गरिएको चलचित्रलाई देशको गौरवपूर्ण इतिहास दस्तावेजीकरण गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चलचित्र महोत्सव र अवार्डमा समेत सहभागी गराउने लक्ष्य राखिएको छ ।

चलचित्रमा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीसहित रामचन्द्र अधिकारी, रिमेश अधिकारी, विशाल पहारी, पुकार भट्टराई, पुष्कर भट्ट, भावना गुरुङ, स्नेहा जोशी, इशान बिजु श्रेष्ठलगायत कलाकारको अभिनय रहनेछ । नेपाली सेनाका कलाकारको समेत सहभागिता रहने निर्माण पक्षले जनाएको छ ।

शिव ढकालको छायांकन, समीर मिया र सत्यम रानाको भीएफएक्स, जुनिम गहतराजको कलर, एलिस कार्कीको संगीत तथा पार्श्व संगीत, गौरव गुरुङको गीत, मदन न्यौपानेको मेकअप, कृष्ण राईको कला निर्देशन र लोकहरी गेलालको सम्पादन रहनेछ ।

चलचित्रको भव्य प्रिमियर भदौ अन्तिम साता गर्ने तयारी छ । आधुनिक भीएफएक्स प्रविधिको प्रयोग गरिने चलचित्रलाई विद्यालय तथा कलेजसम्म पुर्‍याउने योजना रहेको निर्माण पक्षले जनाएको छ ।

सम्बन्धित समाचार

विराट स्पोर्ट्स जोनको आयोजनामा पहिलोपटक अन्तरविद्यालय क्रीकशल प्रतियोगिता हुँदै

  विराटनगर । विद्यालयस्तरका प्रतिभाशाली खेलाडीको पहिचान र विकास गर्ने उद्देश्यले विराट स्पोर्ट्स जोनको आयोजनामा विराटनगरमा पहिलोपटक अन्तरविद्यालय क्रीकशल प्रतियोगिता आयोजना गर्ने भएको छ । प्रतियोगितामा विराटनगर तथा आसपासका ३२ वटा विद्यालयको सहभागिता रहने आयोजकले...

कोलम्बिया भूकम्प, हालसम्म १११ जनाको मृत्यु

विराटनगर । कोलम्बियामा ७।४ म्याग्निच्युडको शक्तिशाली भूकम्प जाँदा कम्तीमा १११ जनाको मृत्यु भएको छ । भूकम्पका कारण ठूलो संख्यामा भवन भत्किएका छन् भने अझै धेरै मानिस भग्नावशेषमा फसेको आशंका गरिएको छ । भूकम्पपछि सरकारले प्रभावित...

जेनजी आन्दोलनमा कारागारबाट भागेका भारतीय कैदी धरानबाट पक्राउ

  सुनसरी । जेनजी आन्दोलनका क्रममा झुम्का कारागारबाट फरार भएका भारतीय कैदी धरानबाट पक्राउ परेका छन्। पक्राउ पर्नेमा भारतको भागलपुर जिल्लास्थित हबिपुरका ३२ वर्षीय मोहम्मद साहजादा छन्। इलाका प्रहरी कार्यालय धरानका अनुसार साहजादा धरान–७ शान्तिपथमा...

‘नेपाली वीरताको गाथा’को छायांकन आरम्भ

  काठमाडौ । पृथ्वीनारायण शाहले सुरु गरेको नेपाल एकीकरणदेखि सुगौली सन्धीसम्मको इतिहासलाई समेटेर निर्माण हुन लागेको लघु चलचित्र ‘नेपाली वीरताको गाथा’को छायांकन आरम्भ भएको छ । रिमेश अधिकारी फिल्म प्रोडक्सनको प्रस्तुति तथा रिमेश अधिकारीको परिकल्पना,...

दोहोरो अकंले बढ्यो शेयर बजार

  काठमाडौं। बिहीवार शेयर बजार दोहोरो अंकले बढेको छ । शेयर बजार १४.१७ अंकले बढेर २७२६.७२ बिन्दुमा कायम भएको छ । शेयर बजारमा १५३ कम्पनीको शेयर मूल्य बढेको छ भने १११ कम्पनीको शेयर मूल्य घटेको...

नेपालगञ्जमा ४ लाख भारतीय रुपैयाँसहित एक पक्राउ

  नेपालगञ्ज । बाँके प्रहरीले नेपालगञ्ज बसपार्क क्षेत्रबाट चार लाख भारतीय रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार बसपार्कस्थित न्यू लक्ष्मी होटेल एण्ड लजका कर्मचारी वीरबहादुर राउतलाई बुधबार ८०० थान भारतीय...

सुनको मुल्य बढयो

विराटनगर । स्थानीय बजारमा विहिबार सुनको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार विहिबार सुनको मूल्य ३ सयले बढेको छ। महासंघका अनुसार सुन बुधबार प्रतितोला २ लाख ९१ हजार मा कारोबार भएको सुन...

साउन १ यता बर्डफ्लु शून्य भएको विभागको दाबी

  काठमाडौं । देशभर फैलिएको बर्डफ्लुको सङ्क्रमण अहिले नियन्त्रणतर्फ उन्मुख भएको छ। संघीय राजधानी काठमाडौंसहित विभिन्न जिल्लामा देखिएको सङ्क्रमणका कारण केही समयदेखि पन्छीपालक किसान समस्यामा परेका थिए। तर, पशु सेवा विभागका अनुसार साउन १ गतेयता...

लम्की रोगको जोखिम घटाउन विराटनगर महानगरको विशेष खोप अभियान

  विराटनगर । पशुधनमा फैलिने लम्की स्किन डिजिजको संक्रमण नियन्त्रण गर्ने उद्देश्यले विराटनगर महानगरपालिकाले नगरभर खोप अभियान सुरु गरेको छ । अभियानअन्तर्गत महानगरका १९ वटै वडाका पशुहरूलाई चरणबद्ध रूपमा लम्की रोगविरुद्धको खोप लगाइँदैछ । महानगरपालिकाको...

तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति

विराटनगर । महोत्तरी, काभ्रे र सप्तरीमा भएका छुट्टाछुट्टै आगलागीका घटनामा रु सात लाख ४० हजार बराबरको धनमाल नष्ट भएको छ । महोत्तरीको सोनमा गाउँपालिका–३ दक्षिणबारी टोलस्थित दिनेश यादवको गोठमा आज बिहान आगलागी हुँदा गोठ पूर्णरूपमा...

श्रीमतीको हत्या गरी श्रीमानले गरे आत्महत्या

  विराटनगर । झापाको दमक नगरपालिका १ सिरपालीमा श्रीमान्–श्रीमतीबीच भएको विवादमा श्रीमानले श्रीमतीको हत्या गरेपश्चात आफूले आत्महत्या गरेका छन्। अन्दाजी ४२ वर्षीय धनबहादुर दर्जी र उनकी श्रीमती ४२ वर्षीया विजय कुमारी दर्जीबीच सामान्य विवाद हुँदा...

विराटनगरमा आत्मदाहको प्रयास, प्रहरीद्वारा उध्दार

  विराटनगर । विराटनगरमा एक युवकले आत्मदाहको प्रयास गरेका छन् । प्रहरीको तत्काल हस्तक्षेपका कारण सम्भावित ठूलो मानवीय क्षति टरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार सप्तरीको तिलाठी–कोइलाडी गाउँपालिका–१ स्थायी घर भएका ३५ वर्षीय...