विराटनगर । कोलम्बियामा ७।४ म्याग्निच्युडको शक्तिशाली भूकम्प जाँदा कम्तीमा १११ जनाको मृत्यु भएको छ । भूकम्पका कारण ठूलो संख्यामा भवन भत्किएका छन् भने अझै धेरै मानिस भग्नावशेषमा फसेको आशंका गरिएको छ ।
भूकम्पपछि सरकारले प्रभावित क्षेत्रमा आपत्काल घोषणा गरेको छ । भग्नावशेषमा मानिस फसेको हुनसक्ने र उद्धार कार्य जारी रहेकाले मृतक तथा घाइतेको संख्या अझै बढ्न सक्ने अधिकारीहरूले बताएका छन् ।
कोलम्बियाको भूगर्भीय सेवाका अनुसार स्थानीय समयअनुसार बिहान ७ः३४ बजे भूकम्प गएको हो । भूकम्पको केन्द्रबिन्दु चोको प्रान्तमा जमिनको सतहबाट करिब १०३ किलोमिटर गहिराइमा रहेको थियो । शक्तिशाली धक्का पश्चिमी कोलम्बियाका सयौँ किलोमिटर क्षेत्रसम्म महसुस गरिएको थियो ।
भूकम्पबाट कफी उत्पादनका लागि प्रसिद्ध पेरेइरा सहर र आसपासका क्षेत्र सबैभन्दा बढी प्रभावित भएका छन् । भाले डेल काउका क्षेत्रमा समेत ठूलो क्षति पुगेको स्थानीय अधिकारीहरूले बताएका छन् ।
Post Views: 27