विराटनगर । नेपाली बजारमा सुनको मूल्यले पुनः उचाइ कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार सुनको मूल्य प्रतितोला ५ हजार ६०० रुपैयाँले बढेको हो ।
यो वृद्धिसँगै आज छापावाल सुन प्रतितोला ३ लाख १० हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि गत शुक्रबार सुन प्रतितोला ३ लाख ४ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो। यो मूल्य नेपाली सुन बजारको इतिहासकै सबैभन्दा उच्च विन्दु हो ।
सुनसँगै आज चाँदीको मूल्यमा पनि उल्लेख्य वृद्धि देखिएको छ। महासङ्घका अनुसार चाँदी प्रतितोला ३७५ रुपैयाँले बढेर ५ हजार ४२५ रुपैयाँ कायम भएको छ। शुक्रबार चाँदी प्रतितोला ५ हजार ५० रुपैयाँमा कारोबार भएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा आएको उतारचढावका कारण स्थानीय बजारमा त्यसको प्रत्यक्ष असर परेको व्यवसायीहरूले बताएका छन् ।
Post Views: 267