कटहरी सडक निर्माणमा अभिषेक गिरी आफैँ पीडित, निर्माण कम्पनीबाट ५ करोड नपाएपछि मुद्दा दायर

कटहरी सडक निर्माणमा अभिषेक गिरी आफैँ पीडित, निर्माण कम्पनीबाट ५ करोड नपाएपछि मुद्दा दायर

 राष्ट्रिय डेली

 

विराटनगर । हुलाकी राजमार्ग अन्तर्गत मोरङको रतुवा–केशलिया सडक खण्डको कटहरीमा काम गरेको करिब साढे ५ करोड रुपैयाँ नपाएपछि ‘आर.सी. सप्लायर्स प्रालिले ठेकेदार कम्पनीविरुद्ध चेक बाउन्स मुद्दा दायर गरेको छ ।

पेटी ठेक्का लिएर काम गरेको ‘आर.सी सप्लायर्स एण्ड कन्स्ट्रक्सन प्रालि’का सञ्चालकले ५ करोड ४५ लाख ६० हजार ५ सय ५ रुपैयाँ भुक्तानी नपाएको भन्दै उच्च अदालत विराटनगरमा मुद्दा हालेका हुन् । प्रालिले हेटौँडास्थित श्रेष्ठ कन्ट्रक्सनका सञ्चालक सुभास श्रेष्ठसहित तीन जनालाई विपक्षी बनाएर मुद्दा दर्ता गराएका हुन् ।

हुलाकी राजमार्ग निर्देशनालय अन्तर्गतको यो सडक स्तरोन्नतिका लागि श्रेष्ठ कन्ट्रक्सनले २३ कात्तिक २०७६ मा ८३ करोड ९९ लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो । तीन वर्षभित्र ९२३ कात्तिक २०७९० सम्पन्न गर्नुपर्ने भए पनि कामको प्रगति मात्र २५ प्रतिशत छ ।

यसैबीच, श्रेष्ठ कन्ट्रक्सनसँग एक वर्षअघि पेटी ठेक्का सम्झौता गरी गिरीको कम्पनीले काम अघि बढाएको थियो । सोही कामको भुक्तानी स्वरूप श्रेष्ठ कन्ट्रक्सनले आर।सी। सप्लायर्सलाई ५ करोड ४५ लाख ६० हजार ५ सय ५ रुपैयाँको नबिल बैंकको चेक दिएको थियो । ३ भदौ २०८२ को मिति राखिएको उक्त चेक बैंकमा पर्याप्त मौज्दात नभएर साटिएन ।
चेक बाउन्स भएपछि गिरीले १० माघमा उच्च अदालतमा मुद्दा दायर गरेका थिए । अदालतले उक्त मुद्दामा १३ फागुनका लागि पहिलो तारिख तोकेको छ ।

‘म आफैँ पीडित हुँ’: अभिषेक गिरी
काम गरेको रकम नपाउँदा आफू आर्थिक मारमा परेको अभिषेक गिरीले बताए । “सडक निर्माणको काम गरेबापतको पैसा नपाएर म आफैँ पीडित छु,’ गिरीले भने, “तर केही सञ्चारमाध्यमले मेरो नाम मुछेर मैले नै सडक अलपत्र पारेको भन्दै गलत प्रचार गरिरहेका छन् । हामीले काम गरेर पैसा नपाएपछि न्यायका लागि अदालत पुगेका हौँ ।’’ आफुमाथि राजनैतिक इगो राखेर बदनाम गर्न खोजिएको उनले बताए ।

लगातार ताकेता गर्दा पनि काम अघि नबढेपछि इटहरीस्थित योजना कार्यालयले श्रेष्ठ कन्ट्रक्सनसँगको ठेक्का सम्झौता तोडिसकेको छ । दुई पटक म्याद थप गर्दा पनि प्रगति नभएपछि गत जेठमा थपिएको म्याद सकिएसँगै ठेक्का रद्द गर्ने प्रक्रिया अघि बढाइएको हो ।

योजना कार्यालय इटहरीका प्रमुख युवराज पोखरेलका अनुसार प्रतिबद्धता बमोजिम काम नगरेको र निर्माण स्थल ठप्प पारेकाले ठेक्का तोड्नु परेको हो । ५ किलोमिटर लामो यो सडक खण्ड अहिले अलपत्र अवस्थामा छ, जसका कारण स्थानीयले सास्ती भोग्दै आएका छन् ।

सम्बन्धित समाचार

विराट स्पोर्ट्स जोनको आयोजनामा पहिलोपटक अन्तरविद्यालय क्रीकशल प्रतियोगिता हुँदै

  विराटनगर । विद्यालयस्तरका प्रतिभाशाली खेलाडीको पहिचान र विकास गर्ने उद्देश्यले विराट स्पोर्ट्स जोनको आयोजनामा विराटनगरमा पहिलोपटक अन्तरविद्यालय क्रीकशल प्रतियोगिता आयोजना गर्ने भएको छ । प्रतियोगितामा विराटनगर तथा आसपासका ३२ वटा विद्यालयको सहभागिता रहने आयोजकले...

कोलम्बिया भूकम्प, हालसम्म १११ जनाको मृत्यु

विराटनगर । कोलम्बियामा ७।४ म्याग्निच्युडको शक्तिशाली भूकम्प जाँदा कम्तीमा १११ जनाको मृत्यु भएको छ । भूकम्पका कारण ठूलो संख्यामा भवन भत्किएका छन् भने अझै धेरै मानिस भग्नावशेषमा फसेको आशंका गरिएको छ । भूकम्पपछि सरकारले प्रभावित...

जेनजी आन्दोलनमा कारागारबाट भागेका भारतीय कैदी धरानबाट पक्राउ

  सुनसरी । जेनजी आन्दोलनका क्रममा झुम्का कारागारबाट फरार भएका भारतीय कैदी धरानबाट पक्राउ परेका छन्। पक्राउ पर्नेमा भारतको भागलपुर जिल्लास्थित हबिपुरका ३२ वर्षीय मोहम्मद साहजादा छन्। इलाका प्रहरी कार्यालय धरानका अनुसार साहजादा धरान–७ शान्तिपथमा...

‘नेपाली वीरताको गाथा’को छायांकन आरम्भ

  काठमाडौ । पृथ्वीनारायण शाहले सुरु गरेको नेपाल एकीकरणदेखि सुगौली सन्धीसम्मको इतिहासलाई समेटेर निर्माण हुन लागेको लघु चलचित्र ‘नेपाली वीरताको गाथा’को छायांकन आरम्भ भएको छ । रिमेश अधिकारी फिल्म प्रोडक्सनको प्रस्तुति तथा रिमेश अधिकारीको परिकल्पना,...

दोहोरो अकंले बढ्यो शेयर बजार

  काठमाडौं। बिहीवार शेयर बजार दोहोरो अंकले बढेको छ । शेयर बजार १४.१७ अंकले बढेर २७२६.७२ बिन्दुमा कायम भएको छ । शेयर बजारमा १५३ कम्पनीको शेयर मूल्य बढेको छ भने १११ कम्पनीको शेयर मूल्य घटेको...

नेपालगञ्जमा ४ लाख भारतीय रुपैयाँसहित एक पक्राउ

  नेपालगञ्ज । बाँके प्रहरीले नेपालगञ्ज बसपार्क क्षेत्रबाट चार लाख भारतीय रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार बसपार्कस्थित न्यू लक्ष्मी होटेल एण्ड लजका कर्मचारी वीरबहादुर राउतलाई बुधबार ८०० थान भारतीय...

सुनको मुल्य बढयो

विराटनगर । स्थानीय बजारमा विहिबार सुनको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार विहिबार सुनको मूल्य ३ सयले बढेको छ। महासंघका अनुसार सुन बुधबार प्रतितोला २ लाख ९१ हजार मा कारोबार भएको सुन...

साउन १ यता बर्डफ्लु शून्य भएको विभागको दाबी

  काठमाडौं । देशभर फैलिएको बर्डफ्लुको सङ्क्रमण अहिले नियन्त्रणतर्फ उन्मुख भएको छ। संघीय राजधानी काठमाडौंसहित विभिन्न जिल्लामा देखिएको सङ्क्रमणका कारण केही समयदेखि पन्छीपालक किसान समस्यामा परेका थिए। तर, पशु सेवा विभागका अनुसार साउन १ गतेयता...

लम्की रोगको जोखिम घटाउन विराटनगर महानगरको विशेष खोप अभियान

  विराटनगर । पशुधनमा फैलिने लम्की स्किन डिजिजको संक्रमण नियन्त्रण गर्ने उद्देश्यले विराटनगर महानगरपालिकाले नगरभर खोप अभियान सुरु गरेको छ । अभियानअन्तर्गत महानगरका १९ वटै वडाका पशुहरूलाई चरणबद्ध रूपमा लम्की रोगविरुद्धको खोप लगाइँदैछ । महानगरपालिकाको...

तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति

विराटनगर । महोत्तरी, काभ्रे र सप्तरीमा भएका छुट्टाछुट्टै आगलागीका घटनामा रु सात लाख ४० हजार बराबरको धनमाल नष्ट भएको छ । महोत्तरीको सोनमा गाउँपालिका–३ दक्षिणबारी टोलस्थित दिनेश यादवको गोठमा आज बिहान आगलागी हुँदा गोठ पूर्णरूपमा...

श्रीमतीको हत्या गरी श्रीमानले गरे आत्महत्या

  विराटनगर । झापाको दमक नगरपालिका १ सिरपालीमा श्रीमान्–श्रीमतीबीच भएको विवादमा श्रीमानले श्रीमतीको हत्या गरेपश्चात आफूले आत्महत्या गरेका छन्। अन्दाजी ४२ वर्षीय धनबहादुर दर्जी र उनकी श्रीमती ४२ वर्षीया विजय कुमारी दर्जीबीच सामान्य विवाद हुँदा...

विराटनगरमा आत्मदाहको प्रयास, प्रहरीद्वारा उध्दार

  विराटनगर । विराटनगरमा एक युवकले आत्मदाहको प्रयास गरेका छन् । प्रहरीको तत्काल हस्तक्षेपका कारण सम्भावित ठूलो मानवीय क्षति टरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार सप्तरीको तिलाठी–कोइलाडी गाउँपालिका–१ स्थायी घर भएका ३५ वर्षीय...