काठमाडौं । घरेलु बजारमा सुनको मूल्यमा उल्लेख्य गिरावट देखिएको छ । बिहीबार एकैदिन तोलामा ५ हजार ४ सय रुपैयाँ घट्दै सुनको भाउ प्रतितोला ३ लाख २ हजार ३ सय रुपैयाँमा झरेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन ३ लाख ७ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुन केही सातायता निरन्तर ओरालो लागिरहेको छ । यसअघि गत माघ १५ गते सुनको मूल्य हालसम्मकै उच्च विन्दु प्रतितोला ३ लाख ३९ हजार ३ सय रुपैयाँ पुगेको थियो ।
त्यसैगरी चाँदीको मूल्यमा पनि सामान्य गिरावट आएको छ । अघिल्लो दिन प्रतितोला ५ हजार १ सय ५० रुपैयाँ रहेको चाँदी बिहीबार १ सय ४० रुपैयाँ घटेर ५ हजार १० रुपैयाँमा सीमित भएको छ । चाँदीको मूल्य पनि गत माघ १५ गते उच्चतम प्रतितोला ७ हजार ५ सय ५ रुपैयाँ पुगेको थियो ।
अन्तर्राष्ट्रिय बजारमा मूल्य घट्दो प्रवृत्ति र विनिमय दरको उतारचढावका कारण स्थानीय बजारमा सुनचाँदीको मूल्य दबाबमा परेको व्यवसायीहरूको भनाइ छ ।
Post Views: 219