विराटनगर। बुधवार शेयर बजार सामान्य अंकले घटेको छ । शेयर बजार ४.१५ अंकले घटेर २७४० बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा ८२ कम्पनीको शेयर मूल्य बढेको छ भने १७६ कम्पनीको शेयर मूल्य घटेको छ भने १२ कम्पनीको स्थिर रहेको छ । यसदिन २ अर्ब ८० करोडको कारोबार भएको हो ।
सामान्य अंकले घटेको शेयर बजारमा एसियन हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले ११.४२ प्रतिशतका दरले कमाएका छन् ।
त्यसैगरि एसवाइ प्यानलका लगानीकर्ताले ४.६२ प्रतिशतका दरले कमाएका छन् भने हिमालयन बैंक बोन्डका लगानीकर्ताले ४.३४ प्रतिशतका दरले कमाएका छन् ।
त्यसैगरि एनआइसि एसिया ग्रोथ फन्डका लगानीकर्ताले ४.०१ प्रतिशतका दरले कमाएका छन् भने सेन्चरी डिबेन्चरका लगानीकर्ताले ३ प्रतिशतका दरले कमाएका छन् ।
Post Views: 223