सार्वजनिक ऋण ३० खर्ब नजिक

सार्वजनिक ऋण ३० खर्ब नजिक

 राष्ट्रिय डेली

 

विराटनगर । नेपालको सार्वजनिक ऋण दायित्व झन् तीव्र गतिमा बढ्दै गएको छ । चालु आर्थिक वर्ष २०८२र८३ को बैशाख मसान्तसम्म आइपुग्दा मुलुकको कुल सार्वजनिक ऋण करिब ३० खर्ब रुपैयाँको हाराहारीमा पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार हाल कुल ऋण दायित्व २९ खर्ब ७५ अर्ब ४ करोड रुपैयाँ पुगेको छ । आर्थिक वर्ष सुरु हुँदा यस्तो ऋण २६ खर्ब ७४ अर्ब रुपैयाँमा सीमित थियो । दस महिनाको अवधिमा मात्रै ऋण दायित्व ३ खर्ब रुपैयाँभन्दा बढीले बढेको देखिन्छ ।

सरकारले आन्तरिक र बाह्य दुवै स्रोतबाट ऋण उठाइरहे पनि विनिमय दरमा आएको उतारचढावले ऋणको वास्तविक भार अझ बढाएको छ । विशेषगरी अमेरिकी डलर बलियो बन्दै जाँदा नेपाली रुपैयाँ कमजोर भएको प्रभाव बाह्य ऋणमा प्रत्यक्ष देखिएको हो । कार्यालयका अनुसार विनिमय दरकै कारण मात्रै करिब १६ अर्ब ७७ करोड रुपैयाँ बराबरको थप दायित्व सिर्जना भएको छ ।

हाल सार्वजनिक ऋण मुलुकको कुल गार्हस्थ्य उत्पादन जीडीपीको ४५ प्रतिशतभन्दा बढी पुगेको छ । कुल ऋणमध्ये बाह्य ऋणको हिस्सा ५३ प्रतिशतभन्दा बढी छ भने बाँकी आन्तरिक ऋण रहेको छ । पछिल्ला वर्षहरूमा सरकारले विकास खर्च, चालु खर्च व्यवस्थापन तथा राजस्व अभाव पूर्ति गर्न ऋणमा निर्भरता बढाउँदै गएको देखिन्छ ।

चालु आर्थिक वर्षका लागि सरकारले झन्डै ६ खर्ब रुपैयाँ सार्वजनिक ऋण उठाउने लक्ष्य राखेको थियो । तर बैशाख मसान्तसम्म लक्ष्यको करिब ६१ प्रतिशत मात्रै ऋण परिचालन हुन सकेको छ । बाह्य ऋण परिचालन अपेक्षाअनुसार हुन नसकेपछि सरकारले आन्तरिक ऋण उठाउने गति भने बढाएको छ । सरकारले आन्तरिक ऋणतर्फ लक्ष्यको ८० प्रतिशतभन्दा बढी रकम संकलन गरिसकेको छ ।

अर्थविद्हरूका अनुसार वैदेशिक सहायता र सहुलियतपूर्ण ऋण समयमै प्राप्त हुन नसक्दा सरकार आन्तरिक स्रोतमा बढी निर्भर बन्न पुगेको हो । यसले बैंकिङ प्रणालीभित्र रहेको लगानीयोग्य रकम सरकारी ऋणतर्फ तानिने र निजी क्षेत्रको कर्जा विस्तार प्रभावित हुने जोखिम बढाएको उनीहरूको भनाइ छ ।

ऋण बढेसँगै त्यसको साँवा र ब्याज भुक्तानीको भार पनि उल्लेखनीय रूपमा बढ्दै गएको छ । चालु आर्थिक वर्षमा ऋण सेवा खर्चका लागि छुट्याइएको बजेटमध्ये अधिकांश रकम खर्च भइसकेको छ । बैशाख मसान्तसम्म मात्रै सरकारले साँवा र ब्याज भुक्तानीमा करिब ३ खर्ब रुपैयाँ खर्च गरिसकेको छ । यसले सरकारको आम्दानीको ठूलो हिस्सा ऋण तिर्नमै खर्च भइरहेको संकेत गर्छ ।

अर्थविश्लेषकहरू भने ऋणको आकारभन्दा पनि त्यसको उपयोगितामाथि प्रश्न उठाइरहेका छन् । ऋणबाट उत्पादन, रोजगारी, पूर्वाधार र आर्थिक गतिविधिमा अपेक्षित सुधार आउन नसके दीर्घकालमा यसले अर्थतन्त्रमा थप दबाब सिर्जना गर्न सक्ने उनीहरूको चेतावनी छ । राजस्व संकलन कमजोर, पूँजीगत खर्च सुस्त र वैदेशिक सहायता घट्दो अवस्थामा सार्वजनिक ऋणको बढ्दो भार आगामी वर्षहरूमा सरकारका लागि अझ जटिल चुनौती बन्न सक्ने देखिएको छ ।

सम्बन्धित समाचार

विराट स्पोर्ट्स जोनको आयोजनामा पहिलोपटक अन्तरविद्यालय क्रीकशल प्रतियोगिता हुँदै

  विराटनगर । विद्यालयस्तरका प्रतिभाशाली खेलाडीको पहिचान र विकास गर्ने उद्देश्यले विराट स्पोर्ट्स जोनको आयोजनामा विराटनगरमा पहिलोपटक अन्तरविद्यालय क्रीकशल प्रतियोगिता आयोजना गर्ने भएको छ । प्रतियोगितामा विराटनगर तथा आसपासका ३२ वटा विद्यालयको सहभागिता रहने आयोजकले...

कोलम्बिया भूकम्प, हालसम्म १११ जनाको मृत्यु

विराटनगर । कोलम्बियामा ७।४ म्याग्निच्युडको शक्तिशाली भूकम्प जाँदा कम्तीमा १११ जनाको मृत्यु भएको छ । भूकम्पका कारण ठूलो संख्यामा भवन भत्किएका छन् भने अझै धेरै मानिस भग्नावशेषमा फसेको आशंका गरिएको छ । भूकम्पपछि सरकारले प्रभावित...

जेनजी आन्दोलनमा कारागारबाट भागेका भारतीय कैदी धरानबाट पक्राउ

  सुनसरी । जेनजी आन्दोलनका क्रममा झुम्का कारागारबाट फरार भएका भारतीय कैदी धरानबाट पक्राउ परेका छन्। पक्राउ पर्नेमा भारतको भागलपुर जिल्लास्थित हबिपुरका ३२ वर्षीय मोहम्मद साहजादा छन्। इलाका प्रहरी कार्यालय धरानका अनुसार साहजादा धरान–७ शान्तिपथमा...

‘नेपाली वीरताको गाथा’को छायांकन आरम्भ

  काठमाडौ । पृथ्वीनारायण शाहले सुरु गरेको नेपाल एकीकरणदेखि सुगौली सन्धीसम्मको इतिहासलाई समेटेर निर्माण हुन लागेको लघु चलचित्र ‘नेपाली वीरताको गाथा’को छायांकन आरम्भ भएको छ । रिमेश अधिकारी फिल्म प्रोडक्सनको प्रस्तुति तथा रिमेश अधिकारीको परिकल्पना,...

दोहोरो अकंले बढ्यो शेयर बजार

  काठमाडौं। बिहीवार शेयर बजार दोहोरो अंकले बढेको छ । शेयर बजार १४.१७ अंकले बढेर २७२६.७२ बिन्दुमा कायम भएको छ । शेयर बजारमा १५३ कम्पनीको शेयर मूल्य बढेको छ भने १११ कम्पनीको शेयर मूल्य घटेको...

नेपालगञ्जमा ४ लाख भारतीय रुपैयाँसहित एक पक्राउ

  नेपालगञ्ज । बाँके प्रहरीले नेपालगञ्ज बसपार्क क्षेत्रबाट चार लाख भारतीय रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार बसपार्कस्थित न्यू लक्ष्मी होटेल एण्ड लजका कर्मचारी वीरबहादुर राउतलाई बुधबार ८०० थान भारतीय...

सुनको मुल्य बढयो

विराटनगर । स्थानीय बजारमा विहिबार सुनको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार विहिबार सुनको मूल्य ३ सयले बढेको छ। महासंघका अनुसार सुन बुधबार प्रतितोला २ लाख ९१ हजार मा कारोबार भएको सुन...

साउन १ यता बर्डफ्लु शून्य भएको विभागको दाबी

  काठमाडौं । देशभर फैलिएको बर्डफ्लुको सङ्क्रमण अहिले नियन्त्रणतर्फ उन्मुख भएको छ। संघीय राजधानी काठमाडौंसहित विभिन्न जिल्लामा देखिएको सङ्क्रमणका कारण केही समयदेखि पन्छीपालक किसान समस्यामा परेका थिए। तर, पशु सेवा विभागका अनुसार साउन १ गतेयता...

लम्की रोगको जोखिम घटाउन विराटनगर महानगरको विशेष खोप अभियान

  विराटनगर । पशुधनमा फैलिने लम्की स्किन डिजिजको संक्रमण नियन्त्रण गर्ने उद्देश्यले विराटनगर महानगरपालिकाले नगरभर खोप अभियान सुरु गरेको छ । अभियानअन्तर्गत महानगरका १९ वटै वडाका पशुहरूलाई चरणबद्ध रूपमा लम्की रोगविरुद्धको खोप लगाइँदैछ । महानगरपालिकाको...

तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति

विराटनगर । महोत्तरी, काभ्रे र सप्तरीमा भएका छुट्टाछुट्टै आगलागीका घटनामा रु सात लाख ४० हजार बराबरको धनमाल नष्ट भएको छ । महोत्तरीको सोनमा गाउँपालिका–३ दक्षिणबारी टोलस्थित दिनेश यादवको गोठमा आज बिहान आगलागी हुँदा गोठ पूर्णरूपमा...

श्रीमतीको हत्या गरी श्रीमानले गरे आत्महत्या

  विराटनगर । झापाको दमक नगरपालिका १ सिरपालीमा श्रीमान्–श्रीमतीबीच भएको विवादमा श्रीमानले श्रीमतीको हत्या गरेपश्चात आफूले आत्महत्या गरेका छन्। अन्दाजी ४२ वर्षीय धनबहादुर दर्जी र उनकी श्रीमती ४२ वर्षीया विजय कुमारी दर्जीबीच सामान्य विवाद हुँदा...

विराटनगरमा आत्मदाहको प्रयास, प्रहरीद्वारा उध्दार

  विराटनगर । विराटनगरमा एक युवकले आत्मदाहको प्रयास गरेका छन् । प्रहरीको तत्काल हस्तक्षेपका कारण सम्भावित ठूलो मानवीय क्षति टरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार सप्तरीको तिलाठी–कोइलाडी गाउँपालिका–१ स्थायी घर भएका ३५ वर्षीय...