पेट्रोलमा अब ‘हरियो इन्धन’ मिसाउने तयारी, आयल निगमले खोज्न थाल्यो इथानोल उत्पादक

पेट्रोलमा अब ‘हरियो इन्धन’ मिसाउने तयारी, आयल निगमले खोज्न थाल्यो इथानोल उत्पादक

 राष्ट्रिय डेली

 

नेपालमा पेट्रोलियम पदार्थको बढ्दो आयात घटाउने र वैकल्पिक ऊर्जाको प्रयोग विस्तार गर्ने प्रयासस्वरूप सरकारले पेट्रोलमा इथानोल मिसाउने प्रक्रिया अगाडि बढाएको छ । सोही योजनाअनुसार नेपाल आयल निगमले स्वदेशमै उत्पादन हुने इथानोल खरिदका लागि औपचारिक प्रक्रिया सुरु गरेको हो ।

निगमले सूचना जारी गर्दै तोकिएको गुणस्तर पूरा गर्ने स्वदेशी उद्योग तथा उत्पादकलाई आवेदन दिन आग्रह गरेको छ । सरकारले पेट्रोलमा १० प्रतिशतसम्म इथानोल मिसाउने नीति लागू गरेपछि निगमले आवश्यक आपूर्ति व्यवस्थापनको तयारी थालेको जनाएको छ ।

सरकारको बुझाइमा इथानोल मिश्रणले केवल पेट्रोलको खपत कम गर्ने मात्र होइन, कृषि क्षेत्रसँग जोडिएका जैविक स्रोतको उपयोग बढाउने, ग्रामीण अर्थतन्त्र चलायमान बनाउने र ऊर्जा क्षेत्रमा आयात निर्भरता घटाउने लक्ष्य पनि पूरा गर्न सक्छ ।

इथानोल उत्पादनका लागि चिनी उद्योगबाट निस्कने मोलासेस, पराल, नेपियर घाँस, मकैको ढोड, गहुँको छ्वाली, वनजन्य जैविक पदार्थ, सडेगलेको अन्न तथा कास्साभाजस्ता सामग्री प्रयोग गर्न पाइनेछ । तर खान योग्य अन्नलाई इन्धन उत्पादनमा प्रयोग गर्न नपाइने स्पष्ट व्यवस्था गरिएको छ ।

निगमले उत्पादन प्रक्रियामा गुणस्तर र सुरक्षा दुवैलाई विशेष प्राथमिकतामा राख्ने जनाएको छ । इथानोल उत्पादन गर्ने उद्योगले आफ्नै प्रयोगशालाबाट गुणस्तर परीक्षण गर्नुपर्नेछ भने निगमले पनि प्रत्येक ढुवानीको परीक्षणपछि मात्रै खरिद गर्नेछ । अत्यधिक ज्वलनशील भएकाले यसको भण्डारण र ढुवानीमा कडा सुरक्षा मापदण्ड लागू गरिने बताइएको छ ।

इथानोलको मूल्य भने सरकारद्वारा गठन हुने सिफारिस समितिको सुझावका आधारमा प्रत्येक वर्ष निर्धारण गरिनेछ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको नेतृत्वमा रहने उक्त समितिमा अर्थ, कृषि, गुणस्तर तथा नापतौल विभाग, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान र आयल निगमका प्रतिनिधि सहभागी रहनेछन् ।

सरकारले यो नीतिबाट नयाँ उद्योग स्थापना, रोजगारी सिर्जना, कृषि अवशेषको व्यावसायिक उपयोग तथा वातावरणमैत्री इन्धनको प्रयोग बढ्ने अपेक्षा गरेको छ । तर यसको सफलता भने पर्याप्त कच्चापदार्थ उपलब्धता, उद्योगहरूको वास्तविक उत्पादन क्षमता र सरकारी संयन्त्रको प्रभावकारी कार्यान्वयनमा निर्भर रहने देखिन्छ ।

सम्बन्धित समाचार

विराट स्पोर्ट्स जोनको आयोजनामा पहिलोपटक अन्तरविद्यालय क्रीकशल प्रतियोगिता हुँदै

  विराटनगर । विद्यालयस्तरका प्रतिभाशाली खेलाडीको पहिचान र विकास गर्ने उद्देश्यले विराट स्पोर्ट्स जोनको आयोजनामा विराटनगरमा पहिलोपटक अन्तरविद्यालय क्रीकशल प्रतियोगिता आयोजना गर्ने भएको छ । प्रतियोगितामा विराटनगर तथा आसपासका ३२ वटा विद्यालयको सहभागिता रहने आयोजकले...

कोलम्बिया भूकम्प, हालसम्म १११ जनाको मृत्यु

विराटनगर । कोलम्बियामा ७।४ म्याग्निच्युडको शक्तिशाली भूकम्प जाँदा कम्तीमा १११ जनाको मृत्यु भएको छ । भूकम्पका कारण ठूलो संख्यामा भवन भत्किएका छन् भने अझै धेरै मानिस भग्नावशेषमा फसेको आशंका गरिएको छ । भूकम्पपछि सरकारले प्रभावित...

जेनजी आन्दोलनमा कारागारबाट भागेका भारतीय कैदी धरानबाट पक्राउ

  सुनसरी । जेनजी आन्दोलनका क्रममा झुम्का कारागारबाट फरार भएका भारतीय कैदी धरानबाट पक्राउ परेका छन्। पक्राउ पर्नेमा भारतको भागलपुर जिल्लास्थित हबिपुरका ३२ वर्षीय मोहम्मद साहजादा छन्। इलाका प्रहरी कार्यालय धरानका अनुसार साहजादा धरान–७ शान्तिपथमा...

‘नेपाली वीरताको गाथा’को छायांकन आरम्भ

  काठमाडौ । पृथ्वीनारायण शाहले सुरु गरेको नेपाल एकीकरणदेखि सुगौली सन्धीसम्मको इतिहासलाई समेटेर निर्माण हुन लागेको लघु चलचित्र ‘नेपाली वीरताको गाथा’को छायांकन आरम्भ भएको छ । रिमेश अधिकारी फिल्म प्रोडक्सनको प्रस्तुति तथा रिमेश अधिकारीको परिकल्पना,...

दोहोरो अकंले बढ्यो शेयर बजार

  काठमाडौं। बिहीवार शेयर बजार दोहोरो अंकले बढेको छ । शेयर बजार १४.१७ अंकले बढेर २७२६.७२ बिन्दुमा कायम भएको छ । शेयर बजारमा १५३ कम्पनीको शेयर मूल्य बढेको छ भने १११ कम्पनीको शेयर मूल्य घटेको...

नेपालगञ्जमा ४ लाख भारतीय रुपैयाँसहित एक पक्राउ

  नेपालगञ्ज । बाँके प्रहरीले नेपालगञ्ज बसपार्क क्षेत्रबाट चार लाख भारतीय रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार बसपार्कस्थित न्यू लक्ष्मी होटेल एण्ड लजका कर्मचारी वीरबहादुर राउतलाई बुधबार ८०० थान भारतीय...

सुनको मुल्य बढयो

विराटनगर । स्थानीय बजारमा विहिबार सुनको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार विहिबार सुनको मूल्य ३ सयले बढेको छ। महासंघका अनुसार सुन बुधबार प्रतितोला २ लाख ९१ हजार मा कारोबार भएको सुन...

साउन १ यता बर्डफ्लु शून्य भएको विभागको दाबी

  काठमाडौं । देशभर फैलिएको बर्डफ्लुको सङ्क्रमण अहिले नियन्त्रणतर्फ उन्मुख भएको छ। संघीय राजधानी काठमाडौंसहित विभिन्न जिल्लामा देखिएको सङ्क्रमणका कारण केही समयदेखि पन्छीपालक किसान समस्यामा परेका थिए। तर, पशु सेवा विभागका अनुसार साउन १ गतेयता...

लम्की रोगको जोखिम घटाउन विराटनगर महानगरको विशेष खोप अभियान

  विराटनगर । पशुधनमा फैलिने लम्की स्किन डिजिजको संक्रमण नियन्त्रण गर्ने उद्देश्यले विराटनगर महानगरपालिकाले नगरभर खोप अभियान सुरु गरेको छ । अभियानअन्तर्गत महानगरका १९ वटै वडाका पशुहरूलाई चरणबद्ध रूपमा लम्की रोगविरुद्धको खोप लगाइँदैछ । महानगरपालिकाको...

तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति

विराटनगर । महोत्तरी, काभ्रे र सप्तरीमा भएका छुट्टाछुट्टै आगलागीका घटनामा रु सात लाख ४० हजार बराबरको धनमाल नष्ट भएको छ । महोत्तरीको सोनमा गाउँपालिका–३ दक्षिणबारी टोलस्थित दिनेश यादवको गोठमा आज बिहान आगलागी हुँदा गोठ पूर्णरूपमा...

श्रीमतीको हत्या गरी श्रीमानले गरे आत्महत्या

  विराटनगर । झापाको दमक नगरपालिका १ सिरपालीमा श्रीमान्–श्रीमतीबीच भएको विवादमा श्रीमानले श्रीमतीको हत्या गरेपश्चात आफूले आत्महत्या गरेका छन्। अन्दाजी ४२ वर्षीय धनबहादुर दर्जी र उनकी श्रीमती ४२ वर्षीया विजय कुमारी दर्जीबीच सामान्य विवाद हुँदा...

विराटनगरमा आत्मदाहको प्रयास, प्रहरीद्वारा उध्दार

  विराटनगर । विराटनगरमा एक युवकले आत्मदाहको प्रयास गरेका छन् । प्रहरीको तत्काल हस्तक्षेपका कारण सम्भावित ठूलो मानवीय क्षति टरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार सप्तरीको तिलाठी–कोइलाडी गाउँपालिका–१ स्थायी घर भएका ३५ वर्षीय...