विराटनगर । ग्रामथान- ६ नेताचोकमा अवस्थित नेताचोक मोडल एकेडेमी स्कुलले पुरस्कार वितरण तथा स्वागत कार्यक्रम सम्पन्न गरेको छ । स्कुलले आज एक समारोह विच नयाँ भर्ना भएका विद्यार्थीहरुलाई स्वागत तथा विभिन्न विद्यामा उत्कृष्टहुने विद्यार्थीहरुलाई पुरस्कार वितरण गरेको छ ।
नेताचोक मोडल एकेडेमीले शैक्षिक सत्र २० ८३ मा भर्ना भएका १ सय १० जना विद्यार्थीहरुलाई स्वागत गरेको छ । साथै वार्षिक परिक्षामा उत्कृष्ट अंक ल्याई पहिलो, दोस्रो र तेस्रो हुने विद्यार्थीहरुलाई समेत स्कुलले सम्मान गरेको छ । पहिलो दोस्रो र तेस्रो हुने विद्यार्थीहरुलाई क्रमश २५ प्रतिशत, ५० प्रतिशत र १०० प्रतिशत छात्राबृति समेत स्कुलले प्रदान गरेको थियो ।
त्यसैगरी स्कुलले रास्ट्रपति रनिङ सिल्डमा उत्कृष्ट अंक ल्याइ प्रथम स्थान हासिल गर्ने विद्यार्थीहरुलाइ समेत सम्मान गरेको छ । विद्यार्थीहरुलाई स्कुलका अध्यक्ष हरीप्रसाद वजगाँई, प्रमुख अतिथी ग्रामथान गाउँपालीका अध्यक्ष नमोनारायण माझी , प्रिन्सिपल जितेन्द्र कुमार माझी, को अर्डिनेटर विर्जु कुमार गच्छदार लगायतले गरेका थिए ।
कार्यक्रममा बोल्दै अध्यक्ष माझीले नेतनचोक मोडल एकेडेमीले ग्रामथानको शिक्षामा विशेस जोड दिईरहेको बताएका थिए । साथै स्कुलका अध्यक्ष वजगाँईले विद्यालयले शिक्षासंगै विद्यार्थीहरुलाई हरेक क्षेत्रमा अगाडि बढाउन लागि परेको बताएका थिए ।
कार्यक्रममा विभिन्न कक्षामा अध्ययनरत विद्यार्थीहरुले साँस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरेका थिए । कार्यक्रममा शिक्षासेवी अभिभावक, विद्यार्थी तथा शिक्षक तथा शिक्षिकाहरुको उपस्थिती रहेको थियो ।
Post Views: 548